back
CTIZAN AD

डा.महाबिर पुन भन्छन्–यसरी गर्न सकिन्छ अक्सिजन अभावको समाधान

वि.सं.२०७८ वैशाख २३ बिहीवार

891 

shares

२३ बैशाख, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाबिर पुनले अहिले देशैभरी भएको अक्सिजन अभाव समाधानका लागि ६ वटा सुझाव दिएका छन् ।

डा. पुनले नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ वटा जहाजहरुमा तीनहप्ता भित्रमा २० हजार खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीनबाट अथवा अन्य मुलुकबाट ल्याउन सकिने लगायतका सुझाव दिएका हुन् ।
डा. पुन भन्छन्
कोरोनाको दोस्रो लहरमा केहिदिन सम्म राष्ट्रिय आविष्कार केन्द्र मार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझें सम्म अक्सिजनको चरम अभाबलाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु । सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धि नभएकोले सोचेको उपाय हो यो । मैले सुझाएको उपायसंग तपाईं सहमत नहुन पनि सक्नु हुन्छ । छलफल गरौँ र राम्रो उपाय निकालौं ।

पहिलो कुरा त कोरोना महामारीको अहिलेको अबस्था भनेको संकटकालीन अवस्था हो । कुनै कल्पना नै नगरिएको संकट आईहाल्यो भने त्यसलाई पार लगाउनको लागि मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान हुँदै हुँदैन । नेपाल सरकारले अहिलेसम्म नबुझेको कुरा यहि नै हो । प्रधानमन्त्रीसहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागी मुख्यसचिब र मन्त्रालयका सचिबहरुलाई कडा निर्देशन दिनु हुन्छ । अनि सचिबहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागी मौजुदा ऐन, नियम कानुन, प्रक्रिया र अभ्यास को आधारमा कदम चाल्छन । यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ ।

आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन । त्यसलाई समाधान गर्ने छुट्टै ऐन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन। मैले यसो भन्दा दुख नमान्नु होला होला ।
उसो भए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?

१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभाबलाई समाधान गर्नको लागी सर्बप्रथम राष्ट्रपतिले अध्यादेश द्वारा “कोरोना महामारी रोकथामको लागी आपतकालीन कानुन र प्रक्रिया“ भन्ने अध्यादेश ल्याउने ।

२. सोहि कानुनमा टेकेर सरकारले भ्रस्टाचार नगर्ने स्वच्छ ब्यक्तीहरुको टीम बनाएर काम सुरु गरि हाल्ने ।

३. अध्यादेश ल्याउन एकदिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन १ हप्ता लाग्ला ।

४. अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ ओटा जहाजहरुमा तीन हप्ताभित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीनबाट अथवा अन्य मुलुकबाट ल्याउने ।

५. ति खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाब कम गर्ने ।

६. यसो गर्न पैसा कहाँबाट ल्याउने ?? – सरकारको विकास बजेटमा खर्च नभएको पैसा र अन्य फजुल खर्चहरु घटायो भने पक्कै पनि पैसाको खाँचो हुदैन किन भने २० हजार ओटा खाली सिलिन्डर ल्याउने भनेको कुनै महत्वकांक्षी र ठुलो वजेट लाग्ने कुरा होइन । पहिला जनताको ज्यान बचाउन पर्यो । बिकास भन्ने कुरा त्यस पछि गरे पनि हुन्छ ।

 

वि.सं.२०७८ वैशाख २३ बिहीवार ०७:३२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...