
२३ वैशाख, काठमाडौँ । इंग्लिस क्लब चेल्सी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मड्रिडलाई २-० को अन्तरले पराजित गर्दै चेल्सीले फाईनलमा प्रवेश गरेको हो । चेल्सीले रियल मड्रिडलाई समग्ररूपमा ३-१ ले पराजित गरेको छ । पहिलो लेगमा चेल्सी र मड्रिड बिचको खेल १–१ को बराबरीमा रोकिएको थियो ।
चेल्सीका लागि वेर्नर खेलको २८ औं मिनेटमा पहिलो गोल गरेका थिए भने र खेल सकिन पाँच मिनेट बाँकी रहदाँ चेल्सीका लागि माउन्टले दोस्रो गोल गरेका थिए ।
अब उपाधिका लागि चेल्सीले म्यानचेस्टर सिटीसँग आगामी २९ मेमा प्रतिस्पर्धा गर्नेछ।