back

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई कोरियाबाट आयो चार लाख ५० हजार सहयोग

वि.सं.२०७८ वैशाख २३ बिहीवार

321 

shares
GLOBAL IME AD
NTC AD

२३ वैशाख, काठमाडौँ । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।

त्यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी त्यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।

क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।।

वि.सं.२०७८ वैशाख २३ बिहीवार ०९:४६ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...