back

बालुवाटारमा एमालेको स्थायी समिति बैठक, यी एजेण्डामा हुँदैछ छलफल

वि.सं.२०७८ वैशाख २३ बिहीवार

321 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २३, काठमाडौं । नेकपा (एमाले)को आकस्मिक स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक केहि बेर अघिदेखि सुरु भएको थियो ।

बैठकले औपचारिक रुपमा राष्ट्रिय सभा निर्वाचनका लागि बागमती र लुम्बिनीका उम्मेदवार तय गर्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारीस्वरुप अन्य दलसँग बढाएको संवादबारे पनि छलफल हुनेछ ।

बुधबार मात्रै कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धनले राष्ट्रिय सभा निर्वाचनको लागि साझा उम्मेदवार चयन गरेका थिए । दलहरुले एमालेको माधव कुमार नेपाल पक्षीय नेता डा. खिमलाल देवकोटालाई बागमती प्रदेशको राष्ट्रिय सभा उम्मेदवारको रुपमा अगाडि सारेका छन् । उनी माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्दैछन् ।

जसलगत्तै प्रधानमन्त्रीले ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार ११:४३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...