Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

ओली बचाउने हस्ताक्षर अभियान नै संकटमा, फुट्यो महन्थ ठाकूरको समूह



वैशाख २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिलाउन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकूरले चलाएको हस्ताक्षर अभियान आफ्नै समूहभित्रको भाँडोभैलौ पछि रोकिएको छ । आफ्नै समूहका नेताहरुले समेत सहयोग नगरेसँगै ठाकूरले हस्ताक्षर अभियान रोकेका हुन् ।

जनाइएअनुसार उनको अभियानमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत बाधक देखिएका छन् । ओलीसँग पटक–पटकको वार्तामा सहभागी महतो बाधक बनेसँगै ठाकूर अप्ठ्यारोमा परेका हुन् ।

बताइएअनुसार महन्थको हस्ताक्षर अभियानलाई महतोसँगै पूर्वराजपा समूहका नेताहरु शरतसिंह भण्डारी र निर्जला राउतले समेत असहयोग गरेका छन् । दुई वटा पन्नामा ठाकुरले हस्ताक्षर गराएका थिए । ओलीलाई मत दिन र आफुँ संसदीय दलको नेता बन्न हस्ताक्षर जुटाएको सुइँको पाएसँगै महतो पछाडि हटेका हुन् ।

अहिले जसपामा ठाकूरसँगै महतो पनि संसदीय दलको नेताका दाबेदार हुन् । संसदीय दलमा नेतृत्व आफुँले पाउनुपर्ने महतोको दाबी छ ।

आफ्नै समूहको पनि मत गुमाउँदै ठाकूर

जसपाको विवाद पछिल्लो लुम्बिनी घटनासँगै सतहमा आएको थियो । पार्टी र प्रदेश संसदीय दलको निर्देशन बाहिर मन्त्री बन्न गएका ४ प्रदेशसभा सदस्यलाई कारबाही गरेपछि विवाद चरमतातिर गएको थियो । विवाद चरमता तर्फ पुग्दै गर्दा एकले अर्को पक्षलाई सिध्याउन हस्ताक्षर अभियान चलाइएको हो ।

उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई सिध्याउन र पार्टीभित्र बहुमत देखाउन पनि महन्थ ठाकुरले हस्ताक्षर अभियान चलाएका थिए । तर, हस्ताक्षर अभियान आफ्नै समूहभित्र विवादमा परेपछि ठाकुर जसपाभित्र थप कमजोर देखिएका छन् । हस्ताक्षर अभियानकै कारण उनले आफ्नै समूहका थप केहि सांसदलाई गुमाउने निश्चित देखिएको छ ।

यसअघि लुम्बिनी प्रकरणमा उपेन्द्र तथा बाबुराम समूहले कार्यकारिणी परिषदको बहुमत आफ्नो पक्षमा पार्दै कारबाही चलाएका थिए । उनीहरुले आफ्नो पक्षमा २६ सदस्यको हस्ताक्षर देखाएका थिए ।

तर, ठाकूरले चलाएको पछिल्लो हस्ताक्षर अभियानकै कारण केहि सदस्य उपेन्द्रकाे समूहमा थपिने पक्का भएको छ । उपेन्द्रले सार्वजनिक रुपमा ३२ सांसदमध्ये २६ आफ्नो पक्षमा पुर्याउने घोषणा पनि सफल हुने देखिएको छ ।

ओलीलाई समर्थन गर्ने नगर्ने विषयबाट विवाद सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्ने विषयबाटै जसपा विभाजित भएको थियो । अहिले जसपाको पूर्वराजपा समूह ओलीलाई सघाउने निर्णयसहित पार्टीभित्र बहुमत देखाउने तयारी गरिरहेको छ भने पूर्वसमाजवादी समूह ओलीविरुद्व ल्याउन लागिएको अविश्वासको प्रस्तावमा मत जुटाउने तयारी गरिरहेकाे छ ।

प्रधानमन्त्री ओलीले एकातर्फ विश्वासको मत लिने र अर्को तर्फ उनीविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको बेला जसपाको मतलाई निर्णायक मानिएको छ । ओलीले सोमबारको मन्त्रिपरिषदमार्फत आगामी वैशाख २७ मा संसद अधिवेशन बोलाउँदै विश्वासको मत लिने निर्णय गराएका थिए । जुन निर्णयसँगै अन्य दलहरु भने अविश्वासको प्रस्ताव ल्याउने गरि छलफल थालेका छन् ।

सम्बन्धित समाचार

फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

उत्कर्षमा जसपा विवाद, बहुमत देखाउन नेता तानातानको कसरतमा दुवै समूह


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक