
२३ बैशाख, स्याङजा । एकजना पालिका अध्यक्षले घरबेटीको दुव्र्यवहार भएमा आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
पालिकाभित्र मात्र होइन, उनले गण्डकी प्रदेशको राजधानी पोखरामा ठूलो संख्यामा रहेका आफ्ना पालिकाका नागरिकलाई त्यस्तो समस्या परे सम्पर्क गर्न अनुरोध गरेका हुन् ।
नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहँदै आएको गण्डकी प्रदेश स्याङजा जिल्ला फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सामाजिक संजालबाटै त्यस्तो जानकारी गराएका हुन् । उनका अनुसार पोखरामा घरबेटीको दुव्र्यवहारमा परेका कोरोना पोजेटिभ केही परिवारलाई व्यवस्थापन गरिएको छ ।
फेदीखोला गाउपालिका घर भएर पोखराको डेरामा बस्ने कोभिड पोजिटिभ भएको यस गाउपालिकाको नागरिकलाई घरबेटीले दुर्व्यवहारबाट कुनै समस्या भएमा सम्पर्क गर्नुहोला, आज बिहान केही पोजिटिभ भएको परिवारलाई ब्यबस्थापन गरेका छौ।
Posted by Ghan Shyam Subedi on Wednesday, May 5, 2021
श्रोतको सहि प्रयोगबाट उत्पादन वृद्दि गर्ने तथा योग्य, सभ्य र प्राविधिक जनशक्ति तयार गर्ने काममा उल्लेखनीय प्रयास गर्दै आएको फेदीखोला देशकै नमुना पालिकाको रुपमा उदाइरहेको छ ।