
२३ बैशाख, बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सीमा भर्ना भएर उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ ।
बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमरजेन्सीमा भर्ना भएकी सैनामैना ९ बस्ने ७२ वर्षीया महिलाको आज बिहान ३ः५३ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको थियो ।