२३ बैशाख, काठमाडौं । गायक प्रेमध्वज प्रधानको निधन भएको छ । प्रधानको विहीबार काठमाण्डौं न्युरो एण्ड जनरल हस्पिटल सुन्धारामा उपचारको क्रममा निधन भएको हो ।
छातिमा समस्या देखिएपछि बैशाख १४ गते अस्पतालमा भर्ना भएका ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले बताएका छन् ।
उनले प्रधानलाई अन्तिम श्रद्धान्जलि दिनका लागि सुरक्षित रहि नियम अनुसार सहभागी भइदिन सबैमा अनुरोध गरेका छन् ।
‘अमर श्रष्टा तथा अजर–अमर गायक, श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खवर आयो । वहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रहि नियमानुशार सहभागी भैदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत सँगीत सम्वन्धि सम्पूर्ण संघ सँस्थाका पदाधिकारी ज्युहरुलाई सुन्धारास्थित न्युरो हष्पिटलमा सहभागी भैदिनु हुन विनम्र अनुरोध गर्दछु ।’
नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिने प्रधान १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका हुन् ।
सन् १९५२ मा १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ भन्ने गीत गाएका प्रधानका घुम्तीमा नआउँ हैं, तिमीलाई अचेल कहाँ देखुँ, गोरेटो यो गाउँको, पर लैजाउँ फुलहरु, यो नेपाली शीर उचाली लगायतका गीत चर्चित रहेका छन् ।
अत्यन्त दुखद समाचार?
—————————-
अमर श्रष्टा तथा अजर-अमर गायक
श्रद्देय प्रेमध्वज प्रधानकाे स्वर्ग…Posted by Laxman Shesh on Thursday, May 6, 2021
वि.सं.२०७८ वैशाख २३ बिहीवार १५:१८ मा प्रकाशित