back

घरमै पुुगेर कोभिड जाँच गर्दै स्वास्थ्यकर्मी

वि.सं.२०७८ वैशाख २३ बिहीवार

90 

shares
NTC AD
Global IME AD

२३ बैशाख, बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।

जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् । बाँकी सबै होमआइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुुगेर गरिरहेको छ ।

हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो । सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुुगेको हो ।

गाउँपालिकामा पुुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारसँगै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस सङ्क्रमणका बेला एक जना पनि सङ्क्रमित भेटिएका थिएनन् । अहिले दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भए पनि बुझ्ने गरेको बताए। फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमित बिरामीको जाँच र उपचार गरिरहेका बताए । जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ । सङ्क्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन प्रजिअ अधिकारीले आग्रह गरेका छन् । जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन श्यया छन् । जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू श्यया रहेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख २३ बिहीवार १५:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...