२४ बैशाख, कास्की । । गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर २९ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहीवार मृत्यु भएको छ । २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा मृत्यु भएको हो ।
म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीया महिलाको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएकी उनको बिहीबार बिहान ७ः३० मा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
त्यस्तै पोखरा महानगरपालिका ३ का ८७ वर्षीय कोरोना संक्रमितको पुरुषको चरक मेमोरियल अस्पतालमा बुधबार गते मृत्यु भएको हो । उनमा बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो पटक थपिएका ४ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४१ पुगेको छ ।
निर्देशनालयका अनुसार विहिबार प्रदेशका विभिन्न जिल्लाका ४३० जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार थपिएका ४३० संक्रमितसँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या २० हजार ८६० पुगेको छ ।