
२३ बैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सीमा भर्ना भएर उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ ।
बुधबार कोरोना संक्रमण भएपछि अस्पतालको इमरजेन्सीमा भर्ना भएर उपचार गराएकी बुटवल ११ की ४६ वर्षीया महिलाको बिहीबार दिउँसो १२ः१७ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
रुपन्देहीमा सैनामैना ९ की ७२ वर्षीया महिलाको पनि इमरजेन्सीमै उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।