back

उपकरण पठाउन नसकिएकोमा नेपाल भेन्टिलेटर सर्भिसद्वारा क्षमायाचना

वि.सं.२०७८ वैशाख २३ बिहीवार

321 

shares
GLOBAL IME AD
NTC AD

२३ वैशाख, काठमाडौं । अस्पतालहरुलाई भेन्टिलेटर लगायतका उपकरणहरु उपलब्ध गराउँदै आएको नेपाल भेन्टिलेटर सर्भिसले क्षमायाचना गरेको छ ।

सर्वसुलभ र सस्तो दरमै बिरामीलाई भेन्टिलेटर लगायतका सघन स्वास्थ्य उपकरणहरु  पु¥याउने उधेश्यले नीजि क्षेत्रबाट सञ्चालित नेपाल भेन्टिलेटर सर्भिसले पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस र यसको संक्रमणका कारण संक्रमितहरु बढीरहँदा अस्पतालहरुबाट ठूलो संख्यामा भेन्टिलेटरको माग भैरहँदा पनि उपकरण अभावका कारण उपकरण पठाउन नसकिएको भन्दै असमर्थताका लागि क्षमायाचना गरेको हो ।

भेन्टिलेटर सर्भिसमा रहेका सम्पूर्ण उपकरणहरु उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पतालमा पठाइसकिएको जानकारी गराउँदै अस्पतालहरुबाट ठूलो संख्यामा माग भएकोमा उपलब्ध गराउन नसकिएको बताइएको छ ।

दाताहरुबाट संकलित रकम सहित विभिन्न स्रोतबाट रकम जुटाएर हालसम्म ६० वटा भेन्टिलेटर र हाइप्लो नेजल क्यनुला लगायतका सघन उपचारमा प्रयोग गरिने उपकरणहरु संकलन गरेको र ती उपकरणहरु देशभरका विभिन्न १५ वटा अस्पतालहरुमा प्रयोग भैरहेको सर्भिसले जनाएको छ ।

सर्भिसले कोभिड संक्रमणले महामारीको रुप लिँदै गर्दा उपकरणहरुको माग बढ्दै गएको अवस्थामा थप उपकरण खरिदका लागि विभिन्न संघसंस्था तथा मनकारीहरुसँग सहयोगको अपिल समेत गरेको छ ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार १७:२८ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...