
वैशाख २३, काठमाडौं । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ्गको आगामी वैशाख २७ मा सत्ताबारे छिनोफानो हुने भएको छ । प्रधानमन्त्री ओलीले केन्द्रमा विश्वासको मत लिने तयारी गरिरहेका बेला सोही दिन नै प्रदेशमा अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्ने तयारी भएको हो ।
सोमबार मन्त्रिपरिषद बैठकमार्फत ओलीले विश्वासको मत लिन अधिवशेन आव्हानको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए । जसको आधामा भण्डारीले वैशाख २७ मा विशेष अधिवेशन बोलाएकी छिन् ।
यता गण्डकी प्रदेशमा गत वैशाख २ मा दर्ता अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्न बैठक बोलाइएको हो । गत वैशाख १३ मा प्रदेश सभामा टेबुल भएको उक्त प्रस्तावमाथि वैशाख १५ को बैठकमा मतदान गर्ने कार्यसूचीमा थियो ।
तर, अन्तिम समय राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही हराएपछि बैठक स्थगित भएको थियो । हराएका शाही अस्पतालको बेडमा भेटिएका थिए ।
सम्बन्धित समाचार
सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित