२३ बैशाख, काठमाडौं । नेपालमा आज देशैभरी पिसीआर विधिबाट ८ हजार ९७० र ऐन्टिजेन विधिबाट १०० गरी जम्मा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पिसीआर र ७७५ ऐन्टिजेन गरी २१ हजार १४२ नमुना परीक्षणमा ९०७० जना संक्रमित थपिएका हुन् ।
आज थपिएका ९०७० जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
त्यस्तै आज २७०७ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २७०७ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । हालसम्म निको हुनेको दर ७९.४ प्रतिशत रहेको छ ।
आज देशैभरी ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५४ जनासँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ७२ हजार ५६१ सक्रिय संक्रमित रहेका छन् भने देशैभरीका क्वारेन्टिनमा ३१४ जना रहेका छन् ।
२४ घण्टामा ८६५९ संक्रमित, ५८ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो
वि.सं.२०७८ वैशाख २३ बिहीवार १७:३४ मा प्रकाशित