back

एनआरएनएद्वारा देशैभर ‘कोभिड हटलाइन’ सेवा सुरु

वि.सं.२०७८ वैशाख २३ बिहीवार

390 

shares
GLOBAL IME AD
NTC AD

२३ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)  ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले विहीवार देखि देशैभरी हटलाइन सेवाको सुरुआत गरेको हो ।

नेपाल मेडिकल एशोसिएसन र डाँफे केयरको सहकार्यमा संघले काठमाण्डौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगढी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरिय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिए ।

शर्मका अनुसार हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे ।

उनीले हटलाइन सुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको जानकारी दिए । कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाई नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने बताइएको छ ।

यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हटलाइन सेवा सुरु गरेको थियो ।#NRNA

वि.सं.२०७८ वैशाख २३ बिहीवार १७:४३ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...