२३ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले परीक्षा आवेदन फारम बुझाउने समयावधि थप गरेको छ ।
जारी अत्यन्त जरुरी सूचनामा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने गरी चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौंथो सत्र–२०७५ र आठौँ सत्र–२०७३ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको आवेदन बुझाउने अन्तिम मिति वैशाख २६ गतेसम्म रहेकाेमा थप गरिएको उल्लेख छ ।
देशभर फैलिरहेको कोभिड १९ को महामारी फैीलएको र रोकथामका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञ जारी भएको हुँदा अर्को सूचना प्रकाशित हुने गरी परीक्षाको आवेदन मिति थप गरिएको सूचनामा जनाइएको छ ।
वि.सं.२०७८ वैशाख २३ बिहीवार १८:३० मा प्रकाशित































