back

आँधिखोला गाउँपालिका द्वारा कोभिड अस्पताल सञ्चालन

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

171 

shares
NTC AD
Global IME AD

स्याङ्जा, २४, बैशाख । आँधिखोला गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना महामारीको दोस्रो लहरलाई ध्यानमा राखेर अस्पताल सञ्चालनमा ल्याएको पालिकाका सुचना अधिकृत रोशन लामिछानेले बताए ।

अधिकृत लामिछानेका अनुसार अहिले अस्पतालनमा ६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ । २३ गतेसम्म आँधिखोला गाउँपालिकामा जम्मा संक्रमित देखिएका ९ जना विमारी मध्ये ३ जना घरमै क्वारेन्टाइनमा रहेका छन् ।
आँधिखोला गाउँपालिकाले तेस्रो मुलुकबाट आउने स्थानियको लागि पनि व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरेको छ । कोभिड अस्पताल र क्वारेन्टाइनको लागि हुने सम्पुर्ण खर्चको व्यवस्था पालिकाले नै गरेको छ ।

कोरोना महामारी फैलिन नदिनको लागि पालिकाले प्रत्येक वडामा निगरानी समुहको निर्माण गरेको छ । सुचना अधिकृत लामिछानेका अनुसार वडा अध्यक्षताको अध्यक्षतामा उक्त समुहको निर्माण गरिएको छ । निगरानी समुहले पालिकाभित्र बाहिरबाट आउनेहरुको अनुगमन गर्ने, उनिहरुलाई क्वारेन्टाइन व्यवस्थापनको लागि सहजिकरण गर्ने, स्थानिय स्तरमा देखिएका सम्भावित संक्रमितको परिक्षण र उपचारमा सहजिकरण गर्नेछ ।

दिर्घरोगीहरुलाई औषधीको व्यवस्था
निषधाज्ञाको समयमा दिर्घरोगीहरुले नियमित सेवन गर्नुपर्ने राजधानीदेखि खरिद गर्नुपर्ने औषधी खरिदमा पालिकाले सहजिकरण गरेर व्यवस्था गरिसकेको सुचना अधिकृत लामिछानेले बताए । जसका कारण नियमित औषधी सेवन गर्नेहरुलाई निषधेआज्ञाको कारण समस्या हुनेछैन् ।

धानको बिउ वितरण
अब वर्षा मौसमको सुरुवात सँगै धानको बिउ राख्ने समय शुुरुवात भइसकेको छ । पालिकाले किसानहरुको आवश्यकतालाई ध्यानमा राखेर ५० प्रतिशत अनुदानमा धानको बिउ बाँड्ने काम गरिसकेको छ । पालिकाका सुचना अधिकृत लामिछानेका अनुसार महामारी फैलिन सक्ने र निषेधआज्ञाको समय थपिएर किसानहरुलाई समस्या पर्न सक्ने कुरालाई ध्यानमा राखेर पालिकाले समयमा नै धानको बिउ वितरण गरेको हो ।

 

वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०८:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

दमौली (तनहुँ) । समुद्र सतहबाट दुई हजार एक सय ३४...