back
CTIZAN AD

आँधिखोला गाउँपालिका द्वारा कोभिड अस्पताल सञ्चालन

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

726 

shares

स्याङ्जा, २४, बैशाख । आँधिखोला गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना महामारीको दोस्रो लहरलाई ध्यानमा राखेर अस्पताल सञ्चालनमा ल्याएको पालिकाका सुचना अधिकृत रोशन लामिछानेले बताए ।

अधिकृत लामिछानेका अनुसार अहिले अस्पतालनमा ६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ । २३ गतेसम्म आँधिखोला गाउँपालिकामा जम्मा संक्रमित देखिएका ९ जना विमारी मध्ये ३ जना घरमै क्वारेन्टाइनमा रहेका छन् ।
आँधिखोला गाउँपालिकाले तेस्रो मुलुकबाट आउने स्थानियको लागि पनि व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरेको छ । कोभिड अस्पताल र क्वारेन्टाइनको लागि हुने सम्पुर्ण खर्चको व्यवस्था पालिकाले नै गरेको छ ।

कोरोना महामारी फैलिन नदिनको लागि पालिकाले प्रत्येक वडामा निगरानी समुहको निर्माण गरेको छ । सुचना अधिकृत लामिछानेका अनुसार वडा अध्यक्षताको अध्यक्षतामा उक्त समुहको निर्माण गरिएको छ । निगरानी समुहले पालिकाभित्र बाहिरबाट आउनेहरुको अनुगमन गर्ने, उनिहरुलाई क्वारेन्टाइन व्यवस्थापनको लागि सहजिकरण गर्ने, स्थानिय स्तरमा देखिएका सम्भावित संक्रमितको परिक्षण र उपचारमा सहजिकरण गर्नेछ ।

दिर्घरोगीहरुलाई औषधीको व्यवस्था
निषधाज्ञाको समयमा दिर्घरोगीहरुले नियमित सेवन गर्नुपर्ने राजधानीदेखि खरिद गर्नुपर्ने औषधी खरिदमा पालिकाले सहजिकरण गरेर व्यवस्था गरिसकेको सुचना अधिकृत लामिछानेले बताए । जसका कारण नियमित औषधी सेवन गर्नेहरुलाई निषधेआज्ञाको कारण समस्या हुनेछैन् ।

धानको बिउ वितरण
अब वर्षा मौसमको सुरुवात सँगै धानको बिउ राख्ने समय शुुरुवात भइसकेको छ । पालिकाले किसानहरुको आवश्यकतालाई ध्यानमा राखेर ५० प्रतिशत अनुदानमा धानको बिउ बाँड्ने काम गरिसकेको छ । पालिकाका सुचना अधिकृत लामिछानेका अनुसार महामारी फैलिन सक्ने र निषेधआज्ञाको समय थपिएर किसानहरुलाई समस्या पर्न सक्ने कुरालाई ध्यानमा राखेर पालिकाले समयमा नै धानको बिउ वितरण गरेको हो ।

 

वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०८:३१ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...