२४ वैशाख, काठमाडौँ । एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
२० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र बाँकि ८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।
ऋणपत्रमा छिटोमा जेठ ५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । यस कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको ऋणपत्रमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु र मेरोशेयर अनलाइनबाट आवेदन दिन सकिनेछ।
१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०९:२९ मा प्रकाशित