Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नागरिक सेवामा जलजलाको उदाहरणीय प्रयास, के सेवामा कसलाई सम्पर्क गर्ने ?



२४ वैशाख, काठमाडौँ । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका सम्बन्धमा विभिन्न स्थानीय निकायहरुबाट आ–आफ्नो तर्फबाट राम्रा प्रयासहरु भैरहेका छन् ।

गण्डकी प्रदेश पर्वत जिल्लाको जलजला गाउँपालिकाले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका बीच नागरिकलाई सेवा  दिन उदाहरणीय प्रयास गरेकाे छ ।

पालिकाभित्र कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको र गाउँपालिकाभित्रै ३ जना व्यक्तिको कोभिडका कारण निधन भएपछि बिहिबारदेखि कडाइ गरिएको निषेधाज्ञामा पालिका भित्रका नागरिकलाई सहज सेवा दिने वातावरण बनाएको हो ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरु अस्पताल जानु परेमा, पिसिआर टेस्ट तथा अन्य कोभिड सम्बन्धी सेवाका लागि, नियमित औषधि सेवन गर्ने बिरामीहरुमा औषधि अभाव भएमा र आइसोलेसन बस्नु परेमा फोकल व्यक्तिहरुको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

त्यसैगरी गाउँपालिकाका ९ वटै वडा अध्यक्ष तथा पालिकाका कर्मचारीसमेतको सम्पर्क नम्बर सार्वज्निक गरेर अप्ठ्यारो परेको बेला फोन गरेर सेवा लिन सकिने जनाएको छ ।

गाउँपालिकाले वैशाख २० गतेदेखि वैशाख मसान्तसम्म गाउँपालिकाभित्रका बैंक, वित्तिय संस्था र सहकारी संस्थाको कामकाज तथा मुख्य बजार क्षेत्रका पसल व्यवसाय बन्द गर्न अपिल गरेको भएपनि प्रभावकारी नभएको भन्दै वैशाख २३ गतेबाट सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको छ ।

अत्यावश्यक दैनिक उद्योग खाद्य वस्तुको आपूर्ति तथा तरकारी पसल बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म खुल्ला रहने बताएको छ ।

के सेवामा कसलाई सम्पर्क गर्ने ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको