-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

‘चाटर्ड उडान’ खुलेआम लुटतन्त्र हुने भन्दै सरकारको ध्यानाकर्षण



२४ वैशाख, काठमाडौँ । नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा टिकटको मुल्य आकासिने र विमान कम्पनी तथा चार्टडकर्ताहरुमा मनोमानी अझ बढने सम्भावना रहेको भन्दै नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा गर्नु पर्ने बाध्यता भएकाहरुलाई चार्टड उडानका नाममा लिइने चर्को शुल्कले नराम्ररी प्रभावित गर्ने र खुलेआम लुटतन्त्र हुने तर्फ सरकारको ध्यानाकर्षण गराइएको हो ।

सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अगाडि भनिएको छ ‘बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफनो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चार्टड कर्ताहरुमा मनोमानी अझ बढने सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ ।’

बिगत १ बर्ष देखी नियमित उडानहरु कम भएको, केही अन्तराष्ट्रिय बिमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तराष्टिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढे संगै विमानको भाडा दर अपत्यारीलो गरी बृद्धि भएको छ । २०/२२ हजारमा पाईने टिकट नब्बे हजार सम्ममा बिक्रि भएकाे बताइएकाे छ ।

विदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परी यात्रा गर्नुपर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने भन्दै एशोशिएशनले सम्बन्धित देशहरुलेसमेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्ध नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धी आवश्यक प्रक्रिया अपनाएर नियमित उडानलाई नै निरन्तरताका लागि पहल हुनुपर्ने माग समेत गरिएकाे छ ।

सरकारले कोभिड – १९ को संक्रमण नियन्त्रण गर्नको लागी यहि बैशाख १६ गते देखी देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ भने बैशाख २० गते राती १२ बजे देखि राष्ट्रिय तथा २३ गते राती १२ बजेदेखी अन्तराष्ट्रिय नियमित उडानहरु कम्तिमा १ हप्ताको लागी स्थगित गरिएका छन तर सो अवधिमा चार्टड उडानहरुका लागी भने अनुमति दिने ब्यवस्था गरेकाे छ ।

त्यसैगरी एशोसिएसनले वैदेशिक रोजगारीमा गएर बेरोजगार बस्नु परेका तथा देशमै रोजगार नपाएका नागरिकको समस्या सम्बोधनका लागि नेपाल सरकार संग कुनै पनि किसिमको दिर्घकालिन योजना नरहेको भन्दै गुनासो समेत व्यक्त गरेको छ ।

‘विश्वलाई नै तहस नहस पारिरहेको कोभिड-१९ को दोश्रो चरणले आम जनमानसलाई जिवन कसरी धान्ने भन्ने ब्यक्तिगत चिन्ताले सताएको छ । सम्पूर्ण ब्यापार ब्यवसायहरु ठप्प प्राय छन, अब यसलाई उठन सहज परिस्थिती भए पश्चात पनि धेरै वर्ष लाग्नेछ । १ बर्ष भन्दा बढी समय देखी सयौँ बैदेशिक रोजगार ब्यवसायीका कार्यालयहरु बन्द छन । विदेश गएर आफना गर्जो टार्ने सपना बुनेका युवाहरु बेरोजगार भई त्यसै वरालिएका छन । दैनिक आय आर्जनको कुनै श्रोत छैन । यस्तो अप्ठयारो परिस्थितीलाई सम्बोधन गर्न नेपाल सरकार संग कुनै पनि किसिमको दिर्घकालिन योजना छैन । ’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा