
२४ वैशाख, काठमाडौँ । पाकिस्तान र जिम्बावे बिचको दोस्रो टेस्ट आज हरारेमा हुन गईरहेको छ ।
चोटका कारण जिम्बावेका ३ खेलाडीहरुले आजको खेल पनि गुमाउने छन । चोटको कारण आजको खेल गुमाउनेमा शेन विलियम्स, क्रेग इर्वाइन र प्रिन्स मसाउरे रहेका छन । टि-२० उत्कृष्ट प्रदर्शन गरेका फास्ट बलर ल्यूक जोंगवेले पाकिस्तान विरुद्धको दोस्रो टेस्टमा डेब्यू गर्न सक्ने सम्भावना निकै उच्च रहेको छ । त्यसैगरी पहिलो टेस्ट जित हासिल गरेको पाकिस्तानले भने प्लेइङ्ग-११ मा परिवर्तन गर्ने सम्भावना कमै छ ।
पहिलो टेस्टमा पाकिस्तानले ११६ रनले जित निकाल्दैँ २ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ । यदी दोस्रो टेस्टमा पनि पाकिस्तानले विजयी हासिल गरेमा श्रृखलामा पनि क्लिन स्विप गर्ने छ ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १:१५ बाट सुरु हुनेछ ।
पाकिस्तानको सम्भावित प्लेइङ्ग-११
इमरान बट, आबिद अली, अजहर अली, बाबर आजम, फवाद आलम, मोहम्मद रिजवान ९विक०, फहीम अशरफ, हसन अली, नौमन अली, शाहीन अफरीदी, हरिस रउफ ।
जिम्बावेको सम्भावित प्लेइङ्ग-११
केविन कासुजा, तरिसै मुसाकान्डा, ब्रान्डन टेलर, वेस्ले माधवेरे, मिल्टन शुम्बा, रोइ काया, रेगिस चकब्वा, डोनाल्ड तिरिपानो, तेंदै चिसोरो ल्यूक जोंगवे, ब्लेसिंग मुजाराबानी, रिचर्ड नगारावा ।