
२४ बैशाख, काठमाडौं । साताको सुरुवातीमा कोरोना संक्रमणमा निरन्तर घट्दै गएको भारतमा अन्त्यतिर भने कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ ।
भारतमा बिहीबार ४ लाख १४ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ३ लाख २८ हजार निको भएका छन् भने २४ घण्टाको अवधिमा ३ हजार ९२० जनाको मृत्यु भएको छ ।
संक्रमण हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । भारतमा हालसम्म २ करोड १४ लाख संक्रमित भएका छन् भने १ करोड ७६ लाख संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म २ लाख ३४ हजारले ज्यान गुमाइसकेका छन् भने ३६ लाख ४४ हजारको उपचार भइरहेको समाचार ऐजेन्सीले जनाएका छन् ।
त्यस्तै सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा विहीबार ६२ हजार १९४ जनामा कोरोना संक्रमण भएको छ । सोहि अवधिमा ६३ हजार ८४२ जना निको भएका छन् । महाराष्ट्रमा केही दिनयता संक्रमित हुने भन्दा निको हुनेको संख्यामा वृद्दि भइरहेको छ ।
त्यस्तै बिहीबार ८५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या मंगलबार र बुधबारको भन्दा कमी हो ।
महाराष्ट्रमा हालसम्म ४९ लाख ४२ हजार संक्रमित भएका छन् भने सोहि अवधिमा ४२ लाख २७ हजार निको भएका छन् । साथै हालसम्म ७३ हजार ५१५ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा हाल ६ लाख ३९ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
त्यसैगरी दिल्लीमा विहीबार १९ हजार १३३ जना कोरोनाा संक्रमित भएका छन् भने ३३५ जनाको मृत्यु भएको छ । । सोहि अवधिमा २० हजार २८ जना निको भएका छन् । दिल्लीमा पनि केहिदिन यता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढिरहेको छ ।
दिल्लीमा हालसम्म १२ लाख ७३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ११ लाख ६४ हजार निको भएका छन् । हाल ९० हजार ६२९ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने ज्यान गुमाउनेको संख्या १८ हजार ३९८ पुगेको छ ।