back

जुम्लाको विद्युत सेवामा सुधार

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

309 

shares
GLOBAL IME AD
NTC AD

२४ बैशाख, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ ।

२०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युतको दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युत्गृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।

संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताए । उनले भने, “भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।”

भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुनर्निर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले बताए । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हुँदै जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ ।

सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु २० लाख र साना जलविद्युत उपभोक्ता समितिको रु पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । “तर पनि विद्युत समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन”, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताए । सदरमुकाम खलङ्गामा मात्रै विद्युतका तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए ।
रासस

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १२:५२ मा प्रकाशित

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज...

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी...

हुम्लामा बाक्लो हिमपात

हुम्लामा बाक्लो हिमपात

हुम्ला (सिमकोट) । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात भएको छ...

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

कर्णाली । ‘विद्यालय शिक्षा विधेयक-२०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको...