back

पीपलटारीमा जीप दुर्घटना हुँदा १७ घाइते

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

264 

shares
GLOBAL IME AD
NTC AD

२४ बैशाख, पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १३:२२ मा प्रकाशित

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर...

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

गलकोट (बागलुङ) । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...