
२४ बैशाख, काठमाडौं । बुटवल उपमहागरपालिकाले बुटवलभित्र एम्बुलेन्स आवस्यक परेमा विभिन्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
उपमहानगरले बुटवलका होम आइसोलेसन, होटल आइसोलेशन, सामुदायिक आइसोलेसन सेन्टरमा रहेको संक्रमितहरुलाई हस्पिटलसम्म पुर्याउन अथवा हस्पिटलबाट घरसम्म पुर्याउन, तथा रुपन्देही जिल्लाभित्रका अन्य कुनै स्थानसम्म पुर्याउन निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।
त्यस्तै लक्षण देखिएका संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा परेका लक्षणसहितका संक्रमितको स्वाब संकलन गर्न, बाहिरबाट आएकालाई होल्डिङ सेन्टरसम्म पुर्याउन सकिने गरी एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको पनि उपमहानगरले जनाएको छ ।
उपमहानगरका सूचना अधिकारी मित्रमणि खनालले नगरभित्र निःशुल्करुपमा दुइवटा एम्बुलेन्सले सेवा दिने बताए ।
यी हुन् विभिन्न सेवाका लागि सम्पर्क व्यक्तिहरु
सिद्धार्थ आर्चाय–९८५७०६९११४
चालक दल
अयोध्या मुराउ-९८५७०२३७७३
नरेन्द्र खड्काः९८४७१५०५९३
स्वास्थ्य शाखा
उमा थापा: ९८४७०३६४१७
कल्पना भट्टराई: ९८४७१२५२७०
गीतादेवी पाण्डे: ९८४४८२४४००