
वैशाख २४, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको धुव्रीकरणसँगै पार्टी विभाजनको खतरा पनि टरेको देखिएको छ । वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अध्यक्ष महन्थ ठाकुरको अभियान असहयोग गरेसँगै यस्तो देखिएको हो । महतोको अहसयोगसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विश्वासको मत जुटाउन थालिएको अभियान पनि टुंगिएको छ ।
अध्यक्ष ठाकुरले ओलीको पक्षमा मत जुटाउन गत सोमबारदेखि हस्ताक्षर अभियान चलाएका थिए । उनले आफुँ पक्षका सबै सांसदलाई काठमाडौं बोलाउँदै हस्ताक्षर अभियान चलाएका थिए । तर, अन्तिम समय राजेन्द्र महतोले असहयोग गरेसँगै अभियान रोकिएको हो ।
३२ सांसद भएको जसपामा महतोले कित्ता परिवर्तन गरेसँगै उपेन्द्र यादव पक्षमा २२ सांसदको समर्थन देखिएको छ । जुन जसपाकाे निर्णायक मत हाे । यता महन्थले भने पुर्वराजपा समूहका सांसदसमेत गुमाएका छन् । उनकाे पक्षमा १० सांसद देखिएका छन् । तर उनीहरूले पनि कित्ता परिवर्तन गर्ने सम्भावना देखिन्छ ।
जसपाले एकमतले ओली प्रस्तावकाे विपक्षमा मत हाल्ने,पार्टी-एकता जाेगिने,यस बीचका सबै अफवाह गलत सावित हुने,जसपा फाेड्ने सत्तारुढ कमरेडहरुकाे षडयन्त्र फेरि एकपटक असफल-हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित।अनेक उतरचडाबका बाबजुद अन्तत: ठीक निर्णयमा पुग्ने संस्कृति सकारात्मक नै हाे कि?
— dambar khatiwoda (@dambarkhatiwoda) May 7, 2021
महतोको कित्ता परिवर्तसँगै फुटको नजिक पुगेको जसपा जोगिएको नेता डम्बर खतिवडाले बताए । उनका अनुसार जसपा फुटाउने भित्रि र बाहिरि योजना पनि असफल भएको छ । साथै जसपाको राष्ट्रिय राजनीतिमा कित्ता स्पष्ट भएको छ ।
खतिवडाले भनेका छन्, ‘जसपाले एकमतले ओली प्रस्तावकाे विपक्षमा मत हाल्ने,पार्टी-एकता जाेगिने,यस बीचका सबै अफवाह गलत सावित हुने,जसपा फाेड्ने सत्तारुढ कमरेडहरुकाे षडयन्त्र फेरि एकपटक असफल-हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित।अनेक उतरचडाबका बाबजुद अन्तत: ठीक निर्णयमा पुग्ने संस्कृति सकारात्मक नै हाे कि?’
सम्बन्धित समाचार
फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?
उत्कर्षमा जसपा विवाद, बहुमत देखाउन नेता तानातानको कसरतमा दुवै समूह
ओली बचाउने हस्ताक्षर अभियान नै संकटमा, फुट्यो महन्थ ठाकूरको समूह