Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

विद्युत कर्मचारी नेताद्वारा संक्रमितलाई निःशुल्क गाडी सेवा उपलब्ध गराउने घोषणा



२४ वैशाख, दाङ काठमाडौं । नेपाल विद्युत प्राधिकरण दाङमा कार्यरत कर्मचारी संगठनका नेता देवेन्द्र बैरागीले आफ्नो निजी गाडी कोरोना संक्रमितका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर दाङका बैरागीले गाडी नपाएर अस्पताल नपुगी कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो निजी गाडी कोरोना संक्रमितका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको जनाएका छन् ।

पूर्व भलिवल खेलाडीसमेत रहेका वैरागीले सामाजिक सञ्जालमा भनेका छन्, “आफू मर्नुभन्दा अरु मरेको खबर सुन्न डराउँछु म, त्यसैले गाडी नपाएर अस्पताल नपुगी कसैले ज्यान गुमाउनु नपरोस, अब यो मेरो अभियान पनि हो ।”

सबै नीजि गाडी वालाहरुलाई आफ्नो गाडी यस्तो सेवामा लगाउन आग्रह गर्दै बिरामीको ढाड सेकिने गरी भाडा असुल्नेहरुलाई खवरदारी गर्न आग्रह समेत गरेका छन् ।

उनले कुनै बैकल्पिक उपाय नभए सम्पर्क गर्न भन्दै आफ्नो फोन नम्बर ९८५७८२००२१ समेत उपलब्ध गराएका छन् ।
दाङका बिरामीलाई नेपालगञ्ज र बुटवलसम्म पु¥याउन सक्ने उनी बताउँछन् ।

आफूले दिने सेवा आफ्नो सवारी साधन भएकाहरुलाई नभै जसको कुनै साधन छैन, बिरामीलाई अस्पतालसम्म पु¥याउन कुनै वैकिल्पक साधन छैन तिनीहरुलाई मात्र भएको उनले स्पष्ट पारेका छन् ।

बैरागी नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन केन्द्रिय कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा