Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

मातृभूमिको कोरोना कहरमा एनआरएनए अमेरिकाले तत्कालै २५ हजार डलर सहयोग गर्ने



२४ बैशाख, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा पछिल्लो समय बढ्दै गएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तत्कालै २५ हजार डलर सहयोग गर्ने भएको छ ।

संघको बुधबार बसेको आकस्मिक बैठकले अन्तराष्ट्रिय समन्वय परिषद्संगको सहकार्यमा आइसिसीमार्फत तत्काल २५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने र मानवीय कार्यमा अझ बढी सहयोग पुरÞ्याउनका लागि तत्कालै गो फन्ड मी मा अकाउण्ट बनाएर थप सहयोग रकम संकलन गर्ने तथा त्यसका लागि च्याप्टर समितिहरुलाई समेत परिचालन गर्ने निर्णय समेत गरेको छ ।

‘कोभिड १९ को कहरले हाल नेपालमा बिकराल स्थिति बन्दै गएको बिषयमा अमेरिकामा बस्नुहुने गैर आवासीय नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरीका स्थित बिभिन्न सामाजिक संघ संस्थाहरूसग समन्वय गरी अमेरीकन संघिय तथा राष्ट्रिय सरकार र नेपाली राजदूतावासलाई पत्राचार गरी नेपालमा तत्कालै सहयोगको लागी अपिल गर्ने निर्णय गरियो ।’ बैठकको निर्णय पछि जारी गरिएको सूचनामा भनिएको छ ।

त्यस्तै नेपाल र नेपालीसंग सम्बन्धित अमेरीकामा भएका बिभिन्न स्थानिय तथा राष्ट्रियस्तरका गैरनाफामूलक सामाजिक संस्थाहरूसंगको सहकार्यलाई जोड दिंदै सामुहिक सहयोगको लागि पहल गर्ने निर्णय समेत बैठकले गरेको संघका महासचिव पशुपति पाण्डेले बताएका छन् ।

त्यसैगरी संघले तत्कालै राहत वितरण कार्यका लागि एनआरएनए, अमेरिकाको हेल्थ कमिटिका संयोजक एवं बोर्ड अफ डाइरेक्टर बासुदेव अधिकारीले संयोजकको भूमिका निभाउनुहुने तथा एनआरएनए अमेरिकाका बोर्डअफ डाइरेक्टर तथा एनआरएनए, आइसिसीको हेल्थ कमिटिको अमेरिकाज क्षेत्रको सहसंयोजक सत्य चौधरीले त्यस कार्यमा समन्वयात्मक सहयोगी भूमिका खेल्ने पनि महासचिव पाण्डेले जानकारी दिएका छन् ।

GoFundMe Link:
https://gofund.me/7b9b08a3


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा