Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण,संसद सचिवालयका कर्मचारीको संक्रमणबाट मृत्यु



२४ बैशाख काठमाडौं । संसद सचिवालयद्धारा गरिएको कोरोना परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयका अनुसार सांसद, संसदका कर्मचारी तथा पत्रकारहरु गरि ६१३ जनाको श्वाव परीक्षण गरिएकोमा हाल प्राप्त रिर्पोट अनुसार १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आव्हान गरिएको विशेष अधिबेशनको बैठकका लागि संसद सचिवालयमा बुधबार, बिहीबार र शुक्रबार श्वाव संकलन गरिएको थियो । श्वास संकलन गरिएकाहरु मध्ये अझै केहीको रिर्पोट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका कर्मचारीको संक्रमणका कारण मृत्यु
संघीय संसद सचिवालयका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सचिवालयका कानुन शाखाका एक उपसचिवको बिहीबार बिहान मृत्यु भएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएका छन् । धमलाका अनुसार मुटु तथा पथरीको समस्या रहेको उनमा बुधबार गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला