२४ बैशाख, काठमाडौं । नेपालमा आज देशैभर ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९,९८७ पिसीआर र ४९५ ऐन्टिजेन गरी २०,४८२ नमुना परीक्षणमा ९,१९६ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाण्डौंमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जना नयाँ संक्रमित थपिएका छन् ।
आज थपिएका ९,१९६ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
त्यस्तै आज २९०५ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २९०५ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । हालसम्म निको हुनेको दर ७८.२ प्रतिशत रहेको छ ।
आज देशैभरी ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५० जनासँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी सक्रिय संक्रमित ७८ हजार ६२९ रहेका छन् भने देशैभरीका क्वारेन्टिनमा ३८० जना रहेका छन् ।
वि.सं.२०७८ वैशाख २४ शुक्रवार १७:२९ मा प्रकाशित