-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

बन्दाबन्दीमा एक दिन



म रवीन्द्र, आज जेठ २२ गते, शनिवार

बन्दाबन्दी सुरु भएर आज सत्तरी/बहत्तर दिन बिते । ख्यालख्याल गरेभैंm यी महत्त्वपूर्ण दिन बित्दै छन् । लागिरहेको छ ‘समयले मलाई यतैकतै अलपत्र छाडेर डाँडापरि गइरहेको छ नरोकिइकन । गर्नुपर्ने धेरै काम यत्तिकै छुटिरहेछन् ।’ साथीभाइ र आफन्तसँग भेटघाट छैन । खै, कहिले खुल्ने हो, बन्दाबन्दी टुङ्गो छैन । हैन कस्तो डरलाग्दो रहेछ ! यो कोरोना नामको महामरी त । एक मिटर परको मान्छेबाट मान्छेमा सर्न सक्ने ! आँखाले देख्न नसक्ने सानो किरो तर मान्छेलाई आक्रमण गरेर थला पार्ने कस्तो खतरा ! फेरि वैज्ञानिकहरु पनि यसको रोकथाम र औषधीबारे अन्यौलमै छन् रे,पत्तालाउन सकेका छैनन् भनेर समाचारमा सुनिन्छ ।

आज बिहान म पनि बाआमासँगै उठेँ । खाली पेटमा मनतातो पानी खाएँ । सँगै मिलेर घरभित्र बाहिर बढारकुँढार गरियो । समयमा उठेर हात–मुख धुने नियमित काम सकेपछि दुध किन्न पसलतिर गएँ । मुखमा मुखौरो (माक्स) लाएर गएको थिएँ । बाटामा साथीहरु भेटिए पनि हात मिलाइनँ । परबाट के कसो छ ? सन्चसुविस्ता सोधेर भलाकुसारी गरेँ ।

पसलमा पुग्दा धेरै मान्छे जम्मा भएका रहेछन् । सबैसँग परपर उभिएर सरकार तथा स्वास्थ्यविज्ञको निर्देश अनुसार भौतिक (सामाजिक) दूरी कायम राख्न आग्रह गरेँ । कतिले त ‘हेर न यो फुच्चेलाई केकेन बाठो हुनुपरेको’ भनेर उपेक्षा गरे, कति ‘ठिक भन्दै छ शरीर फुच्चे हुँदैमा उसले गरेका कुरा र व्यवहार फुच्चे हुँदैन नि’ भन्ने भद्र पनि भेटिए, एक जनाले त ‘कसैलाई फुच्चे भनेर हेपेर बोल्नु राम्रो होइन’ भनेर सबैले सबैलाई सम्मान गर्न जान्नुपर्ने सुझाव पनि दिए । भीड केही हटेपछि पसलेलाई पनि भौतिक दूरी कायम राखेर व्यापार गर्न आग्रह गरेँ । उनलाई पसलको बाहिरपट्टि डोरी बाँधेर छेक्न सल्लाह दिएँ । मेरा कुरा सुनेर उनी छक्क परे । ‘कसका छोरा हौ ?’ भनेर सोधे । मैले छोटो परिचय दिएपछि दुध लिएर फर्के । दुध घरबाहिरै राखेर हातखुट्टा धोएँ । मुखौरो घाममा सुकाएर भित्र पसेँ ।

आमाले चिया पकाउनुभयो । बाबा र मैले तरकारी केलायौं । चिया खाएर तीनै जना एकछिन गाउँखाने कथाको प्रश्नोत्तर खेल्यौं । पहिलो गाउँखानेकथा मैले सोधेँ ‘आङकुडी माङकुडी काङकुडीकाइँ आँखा हेर्छ टुलुटुलु मुन्टो नाइँ, के हो ?’ उत्तर बाआमा दुवैलाई आएन । मैले ‘गँगटो’ उत्तर भनेपछि गैरी गाउँ पाएँ । यसपछि आमाले सोध्नुभो ‘हरियो छ घाँस हैन, खानु हुन्छ साग हैन, के हो ? ‘पानको पात हो’,यो जबाफ बाबाले दिनुभो । यसपछिको गाउँखाने कथा सोध्ने पालो बाबाको । उहाँले ‘जाडो छेक्छ सिरक हैन,कपाल मिलाउँछ काँइयो हैन, के हो ?’ यसको उत्तर मैले फ्याट्टै ‘टोपी’ भनेँ । बाबाले स्याबास भन्नुभो । एकछिन यो खेल खेलेपछि हामी नेपालभित्रका चर्चित ठाउँका नाम तीन मिनेटमा कसले धेरैवटा लेख्ने ? भनेर लेख्ने खेल खेल्यौं । त्यसमा आमाले जित्नुभो । लेख्न पनि पच्चिसवटा लेख्नुभा नि तीन मिनेटमा ! यस्तै रमाइलो गर्दै हामीले एक घण्टा तीस मिनेट बितायौं । यसपछि खाना पकायौं ।

खाना खाएपछि म एकछिन मोबाइलसँग खेलेँ । बाबाआमाले टिभी हेर्नुभयो । दुई बजेतिर म हजुरबाआमा भेट्न छेउमै रहेको काकाको घर गएँ । हजुरबाले भाइ रविलाई कथा सुनाउँदै हुनुहुुँदोरहेछ । मैले पनि सुनेँ । छुटेको भाग हजुरबाले अन्तिममा सुनाउनभयो । कथा रमाइलो थियो । एकछिन हजुरबाले आपूm सानो छँदा खेतबारीमा काम गर्दाको अनुभव पनि सुनाउनुभयो । म चार बजेतिर हजुरबाआमासँग विदा भएर घर फर्कें । आमाबाले भिजाएको चना, भुजा, काँचो प्याज, नुन मसला, कागती हालेर चटपटे बनाउँदै हुनुहुँदो रहेछ । सँगै चटपटे खाएर एकछिन हामी बारीतिर गयौं । त्यहाँ फलपूmलका बोटहरु गोड्यौ । आमाले साग टिप्नुभयो । केही बिरुवामा पानी हाल्यौं । साँझ परेपछि घर फक्र्यौं । आमाले तरकारी पकाउनुभयो । बाबाले पिठो मुछ्नुभो । मैले दुध तताएँ ।

हामी सँगै बसेर रोटी तरकारी खायौं । यति गरिसक्दा साँझको आठ बज्न लाग्यो । हामी समाचार सुन्न बस्यौं । सबै कामकाज बन्द भएकाले समाचार पनि यही कोरोनासँग सम्बन्धित धेरै थियो । ‘यो कोरोना महामारीका कारण अप्ठेरोमा परेकालाई केही सहयोग गरौं’ भनेर आमाले प्रस्ताव गर्नुभयो । बाबा र मैले ‘राम्रो कुरा’ भनेर ताली बजायौं । आमाले ‘एबिन्युज टेलिभिजनको निभेको चुलो’कार्यक्रममा फोन लगाउनुभयो । एकछिन प्रयत्न गरेपछि फोन लाग्यो । आमाले कुरा गर्नुभो । उहाँले ‘निभेको चुलोका लागि रु.पाँच हजार नगद सहयोग गर्न चाहन्छु’ भनेर नाम ठेगाना टिपाउनुभयो । उनीहरु तुरुन्त आएर नगद लिएर गए । ‘आज सानो तर राम्रो काम भयो’ बाबाले भन्नुभो । मैले बाआमा दुवैको मुख हेरेर हाँस्दै ‘आखिर आमा कसकी’ भनेँ । उहाँहरुले मुखामुख गर्नुभयो ।

नौ बजिसकेकोले म बाआमा दुवैलाई शुभरात्रि भनेर रात्रिको अभिवादन गर्दै आफ्नो सुत्ने कोठाति रछिँरे । बत्ती बालेर यताउता हेरेँ । सुतिहाल्न मन लागेन । हिजो साथीले मेसेन्जरबाट सुनाएको कथा सम्झेँ । कति साथीहरुले नयाँनयाँ कथा, कविता, निबन्धहरु लेख्दै सुन्ने\सुनाउने गरेको सन्दर्भ सम्झेँ । सधैंको भन्दा फरक परिस्थिति आउँदा पनि हामीले सहज तरिकाले समय बिताउन सिक्नुपर्ने रहेछ भन्ने विचारले मनभरि कुरा खेलायो । म कापीकलम समातेर दैनिकी लख्न बसेँ । बिहान उठेदेखि राति नौ बजेसम्म आपूm सहभागी भएका गतिविधि लेख्दै गर्दा कस्तो भयो कुन्नि ! यस्तै भयो, तपाईंहरुलाई कस्तो लाग्छ ? राम्रो लागे साथीहरुलाई पनि नराम्रो लागे मलाई भन्नुहोला है !

साथीहरु (लकडाउन) बन्दाबन्दीमा मेरा दिन यसअघि पनि यस्तै यस्तै गरी बिते । तपाईंहरुले के कसरी बिताउनुभएको छ कुन्नि ! अब भने ‘रेडियो सुन्दै’ वा ‘टिभी हेर्दै सिक्दै’ नामक शिक्षण कार्यक्रमको माध्यमबाट पढ्न पाइने सूचना आइरहेको छ । हेरौं कतिको सिकाइमैत्री र रमाइलो हुन्छ !

(दैनिकी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् । कोरियाको सुवन अध्यागमन

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली