
१
सुन्दरता ओइलिएर जाने फूल रैछ
बाँचुन्जेली दुई वचन मीठो बोलौं जिन्दगीमा
घमण्डता मानवताको ठुलो भूल रैछ
२
बग्ने आँशुको कतै नहर भेटिनँ
रुँदा रुँदा मन फाट्यो धुदा फाट्यो पछ्यौरी
खुशीको पनि कतै लहर भेटिनँ
३
थोरै खुशी धेरै आँसु नाँचुँ कसरी
छिया छिया भाछ मुटु पोल्छ छाती भित्र
दुःख जति अङ्गालेर बाँचु कसरी !
४ .मेरो जस्तै तिम्रो पनि मुटु दुःख्छ होला
संधै भरी माया गरि साथ देउ तिमी मलाई
रुँदा हुँदै गह भित्र आँसु सुक्छ होला !
५
दुई खोलीको दोभानमा मायालुको घर छ
आफ्ना जति भुलीदिए तिमीलाई सजाएर सानू
यो ज्यान मैले सुम्पी सकें अब तिम्रै भर छ !