
मायाको गोरेटो खनायो उसैले
तलाऊमा ढुङ्गा हनायो उसैले
तरिका अनेकौं उपयोग गर्दै
अभिभावकत्व जनायो उसैले
नमानि नमानि म भागि रहे थेँ
थकायो फकायो मनायो उसैले
विछट्टै सिपालु फकाउने कलामा
भो भएँ म तिम्रै भनायो उसैले
म कोमल प्रकृति उ पुरुष बलियो
चल्यो जोड उस्कै बनायो उसैले