आउनै छोड्यौं सहर कति भो कति भो
प्यासी छन् यी अधर कति भो कति भो
आभास हुँदो हो परिबन्दको सायद
झिम्काएर त्यो नजर कति भो कति भो
झंकार हुन् कि तिमीले चाल्ने पाइला
अति गर्छौं नि सफर कति भो कति भो
गर्दिनौं नि कुरा, के बिगारेछु त मैले
पठाएको थें नम्बर कति भो कति भो
प्रतीक्षामा कैयौं दिन गुजारेँ, आईनौं
फूलको थुँगा बगर कति भो कति भो
वि.सं.२०७८ वैशाख २५ शनिवार ०६:२४ मा प्रकाशित