खै ! सरकार, कता सुतेकाछौ ?
ए ! माननीय, कहाँ लुकेकाछौ ?
जनतालाई, सुकेनास लाग्यो,
हात्ती सरी भै, तिमी फुकेकाछौ ।
अभावै अभावमा, छन् जनता,
राहत दिन, किन चुकेकाछौ ?
जो दुष्ट बाट, उखेलिन्छ जङ्गे,
उसैको सामु, गई झुकेकाछौ ।
लड्ने बेलामा, सब एक भई,
मिलेका पनि, फेरि टुटेकाछौ ।
वि.सं.२०७८ वैशाख २५ शनिवार ०६:२८ मा प्रकाशित