back
CTIZAN AD

कविता: स्वतन्त्रसंग फुल्न देऊ

वि.सं.२०७८ वैशाख २५ शनिवार

984 

shares

कलिबाट बिस्तारै वृद्धि हुँदै
कोपिला बन्छ जब घामपानी सहेर,
परिवर्तित जलवायुको प्रभावमा परेर,
जसै किशोर अवस्थामा पुगेकी थिईन्
उनमा बिस्तारै बाल्याकालले बिदा दिदै थियो,
खुशीले उनी उफ्रन्दै, रमाउँदै नाँच्दै गाउँदै
जसै किशोर अवस्थामा प्रवेश हुन लागेको थिईन्,
वरिपरि त्यही कतै बस्ने परिचित अपरिचित
ती कलुषित विचारधारा भएका प्यासी भमराहरु
भुनुनु भुनुनु गर्दै राल चुहाउँदै राल काड्न थालेको थियो,
तर उनी भने अनभिज्ञ भई जसै मौलाउन थालिन्
उनको रुपमा जसै सुन्दरताका रंगहरु चढ्न थाले
बिस्तारै यौवनका अनुभूतिसंगै जसै फक्रन थालिन्,
उनकी रुपमा सुन्दरताको ईन्द्रणी छटाहरु छल्किन थालिन्
वरिपरिका धेरैवटा पापी आँखाहरु मुखबाट राल चुहाँदै
मन मनमै यौवन सन्तुष्टिको आंकाक्षा बाकेर
कपिलालाई नै हारालुछ गर्न तम्सिएपछि,
मनभरि सुन्दर सुन्दर र मिठा मिठा सपना बोकेर,
फुलबारीमा ढकमक्क फुल्न लागेका लिलि, पेन्जी
चाँप गुरास ,बेली चमेली सयपत्री सबै अत्तालिन थालिन्,
गुहार–गुहार भन्दै रोई कराई चिच्याउँदा पनि
कसैले गुहार मागेको आवाज नसुनेपछि निराश भई
खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरमै
दुष्ट भमराको शिकार भई
जब उ कलि मै मुर्झयाउन विवश बनेपछि
जिन्दगीका सुन्दर सपनाहरु सपनामै बिलाएपछि
ती असाह्य कलिले बैशको खुशी बाड्न नपाउँदै
ती पापी र निर्दयी भमराहरुले लुछाचुडी गरेपछि
उ अहिले बिहाल छिन्, मुर्झाएकी छिन्
आफै आफमा उनी तिरष्कृत छिन्
धिकार्छिन् उनी आफैलाई
किन दियौ ईश्वर मलाई फूलको जीवन
भन्दै गर्छिन उनी गुनासो ईश्वरसंग,
कि देउ पूर्ण जीवन सहर्षसाथ जीउनलाई
कि नदेउ मेरो जीवन कसैको शिकार बन्नलाई
कोपिलामै मुर्झाउने नदेउ जीवन मलाई
फुल्ने ईच्छा हुदा हुँदै कसैको शिकार नबनाई देउ
खाउँ खाउँ लाउँ लाँउ भन्ने उमेरमा
अकालमै मलाई पापी भमराको शिकार नबनाईदेउ
बिन्ति छ ईश्वर ! मलाई स्वतन्त्रसंग फुल्न देउ ।

वि.सं.२०७८ वैशाख २५ शनिवार ०६:२९ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...