back
CTIZAN AD

चितवनका विभिन्न अस्पतालमा कार्यरत ८६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वि.सं.२०७८ वैशाख २५ शनिवार

657 

shares

२५ बैशाख, काठमाडौं । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उहाँले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ । जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भएको छ । ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन् । रासस

 

वि.सं.२०७८ वैशाख २५ शनिवार ०८:१२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...