back
CTIZAN AD

नेपालमा वामपन्थी आन्दोलनको भ्रम र यथार्थ

वि.सं.२०७८ वैशाख २५ शनिवार

2.1K 

shares

वामपन्थीहरुको विचार बोकी हिड्ने सर्वहारा डा. गोविन्द केसीको माग पुरा गर्न त परै जावस उसलाई कारवाही गर्न पनि पछी परेनन्, जसको परिणाम आज आम नेपालीले मानवीय स्वास्थ्य संकट भोगिरहेका छन् । यो संकटको भूमरिमा पनि सत्ता खेलमा निर्लज्ज छन्, यी वामपन्थी भन्ने दलहरु ।

फ्रान्समा राज्य क्रान्ति (१७८९/१७९८) ताका त्यहाँका व्यवस्थापिका सदस्यहरुको बसाइको दिशालाई आधार मानेर ‘वाम’ र ‘दक्षिण’ शब्दको प्रादुर्भाव भएको देखिन्छ । त्यो वेला जो राज्य क्रान्तिको समर्थन गर्नेहरु देव्रेतर्फ र पुरानो सत्तालाई समर्थन गर्नेहरु दाइनेतर्फ बस्दथे । तसर्थ, वामपन्थी शब्द कम्न्युनिष्ट आन्दोलानबाट नभई फ्रान्सेली क्रान्तिको गर्भबाट पैदा भएको थियो । पछी आर्थिक, सामाजिक असमानताका विरुद्द समानता र समानतावादी सिद्दान्तको राजनीति नै वामपन्थी राजनीति बन्यो र कम्न्युनिष्ट पार्टीहरुले आफूहरु मात्र वामपन्थी भएको दावी गर्न थाले ।

आज संसारमा कम्न्युनिष्ट शक्ति वा सत्ता नगन्य छ र भएका पनि लोकप्रिय छैनन् । करिब १५ बर्ष अघिसम्म भारतको राजनीति र संसदमा वामपन्थी शक्तिको राम्रै उपस्थिति थियो, तर आज भारतको शासन प्रणालीमा वामपन्थी शक्तिको नामनिसाना छैन । भारतमा वामपन्थी आन्दोलनको असफलताबारे भारतीय लेखक रजनी कोठारीले २०२० को अप्रिल १८ मा एउटा आफ्नो लेख मार्फत भनेका छन् – “भारतमा वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाई सकेको थियो । सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने आन्दोलनको रुपमा विकास होला भन्ने ठानिएको थियो । परन्तु व्यवहारमा त्यस्तो भएन । समयक्रममा जे भयो सब उल्टा भयो। संसद तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जन आन्दोलनलाई उपयोग गरेर फाइदा उठायो। वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग एक हद सम्म त कायम रह्यो र विचारधारात्मक मुद्धामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रुपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनितिक व्यवहारको दायरा भने बन्नै सकेन ” ।

भारतमा जस्तै पनि नेपालका राजनैतिक दलहरुले वामपन्थी विचारधारा कसरी अघि बढाए र व्यवहारमा कता पुगे भन्ने उल्लेख गर्न खोजिएको छ ।

संसारका मुलुकहरु उपनिवेशबाट मुक्ति, औद्योगिक क्रन्तिको लहर सहित प्रविधिको विकास र स्टालिनकालिन कम्न्युनिष्ट निरङकुस शासनको कारण पश्चिम युरोपमा राजनैतिक, सांस्कृतिक स्वतन्त्रता र आर्थिक समानता सहितको नयाँ मार्क्सवादको बहस सहित लोकतान्त्रिक शासन व्यवस्थाको लहर चल्यो । त्यसको प्रभाव भारत लगायत दक्षिण एशियाली राष्ट्रहरुमा पनि पर्यो । यसै सन्दर्भमा, नेपालमा पनि राजनैतिक परिवर्तनको लागि विभिन्न दलहरु निर्माण गरी आन्दोलनमा होमिए । २००७ साल देखि पछिको महत्वपूर्ण राजनैतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गर्यो, जसका नायक थिए, नेपाली राजनीतिका शिखर पुरुष विपी कोइराला । विपी कोइरालाले विश्वको अर्थ राजनीतिलाई नियाल्दै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरे, जसले राजनितीमा प्रजातन्त्र र आर्थिक सिद्दान्तमा समाजवाद स्वीकार्छ । उनको सिद्दान्त र उनले नेपालको अर्थ राजनीतिमा र कुटनीतिमा गरेको योगदानको आलोकमा हेर्दा नेपाली कांग्रेस पनि वामपन्थी दल नै हो भन्न सकिन्छ । तर, आजको नेपाली कांग्रेस विपिको सिद्दान्तभन्दा धेरै टाढा गैसकेको छ ।

भनिन्छ( सामाजिक जीवनका कथाहरुले(नेरेटीवस्) राजनैतिक विचारधारा निर्माण गर्दछ । आन्तरिक रुपमा सामन्तवाद र वाह्य रुपमा अर्धउपनिवेशि भएको मुलुकमा सामाजिक न्याय, आर्थिक समता सहितको समाज निर्माणको नारा घन्काय नेपालका कम्न्युनिष्टहरुले । विश्वको कम्युनिष्ट आन्दोलन, २००६ साल देखि २०२७ साल सम्मको कम्न्युनिष्ट पार्टी र नेताहरु तथा २०२८ सालको झापा बिद्रोह, अन्य विद्रोहहरु, नेताहरुको योगदान, सस्कार र संस्कृतिको कथा उनेर नेपाली युवाहरुलाई आकर्षण गर्यो र गाउँका श्रमिक युवा देखि विश्वविद्यालयमा अध्ययनरत युवाहरुलाई वामपन्थी विचारधारामा मोहित गरी आन्दोलनमा होमिन प्रेरित गर्यो । २०४६ सालमा लोकतान्त्रिक र वामपन्थी शक्तिको सयुंक्त आन्दोलनको सफलता पश्चात निर्वाचनमा विभिन्न अवोरोधको वीचमा पनि नेकपा एमालेले उल्लेखनीय सफलता हासिल गरी प्रमुख प्रतिपक्षको भूमिकामा रहयो तथा निजीकरण र उदारिकरणको वेबको कारण नेपालको आर्थिक नितिले आम गरिव, उत्पीडित समुदायमा नछुदा, ती वर्ग वामपन्थी समुदायमै रहन गए । विश्व परिस्थितिलाई मध्यनजर गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले मध्यम वर्गलाई पनि आकर्षण गरी वामपन्थी आन्दोलनलाई थप उचाइमा पुर्याउन मद्दत पु¥यायो । २०५१ सालको मनोमोहन अधिकारीको सरकारको सामाजिक सुरक्षा र वितरणमुखी कार्यक्रमले लोकप्रिय भएको दल जव २०५४ सालमा ठूलो भयो तर नेतृत्वमा चरमबुर्जुवा प्रवृति, वर्ग रुपान्तरण र संसदीय विकृतिको संवाहकको रुपमा नेपालका वामपन्थी भनिएका दलहरु चिनिन थाले । नेपालमा वैदेशिक हस्तक्षेप् बढ्न थाल्यो, धनि र गरिबको खाडल बढ्न गै गिनी सूचांक फराकिलो भयो र नेपालमा अर्को कम्न्युनिष्ट पार्टीको नाममा भएको शसस्त्र युद्ध फस्टाउन थाल्यो । कृषिमा भूमिसुधार, वैज्ञानिक जनवादी शिक्षा र गुणस्तरीय स्वास्थ्य र सफा खानेपानीमा आम जनताको पहुँच सहित सर्वहारा बर्गको राज्य निर्माणको नारा सहित माओवादी आन्दोलनले नेपालको राजनीतिमा आकाश जमिन थर्काएको परिद्र्श्य थियो । नेता कार्यकर्ताहरुको त्याग, तपस्या र क्षति अतुलनीय थियो भने जनताको त्रास कहाली लाग्दो थियो । नेपालमा विकासको अबरोध पुरानो राज्य सत्ता हो भन्ने भाष्य निर्माण भएको अवस्थामा राज्यको पुनर्सरचानाको नाराले आम मध्यम बर्गको पनि मन छोयो । २०६४ सालपछि सत्तामा गएपछि नेकपा माओवादीको नेता र केहि सिमित कार्यकर्ताहरुको बुर्जुवाकरण र पुंजीबादीकरण ज्यामितीय दरमा वृद्दि हुन् थाल्यो, पार्टी विग्रहमा गयो, कोहि पलायन भए र कोहि खाडीको तातो मरुभूमिमा श्रमिकको रुपमा जान बाध्य भए । राजनैतिक परिवर्तनको पुंजी नेतृत्व लेखन थाले तर परिवर्तन पछिको समाज पहिलाको भन्दा विकृत, विसंगति र भ्रष्ट भएको पत्तै पाएनन् ।

२०७२ साल पछी सत्ता र शक्ति नहुने भयले नेपालमा विकास नहुनु अल्पमतको सरकार हो, चरम विकासको लागि वामपन्थी वहुमतको सरकारको भाष्य निर्माण गरियो । समृद्द नेपाल , सुखी नेपालीको नारा अघि सारी आम कार्यकर्ताहरुलाई चुनाबमा होमियो । अब हिजोको सपना सबै पुरा हुन्छन र समाजवादी मुलुकको रुपमा इन्जोय गर्न पाइन्छ भन्ने आम मानिसको बुझाई थियो । हिजो माथिका नेता मात्र भ्रष्ट देखेका आम मतदाता आज तलका नेता र कार्यकर्ता देखि माथिका नेतासम्म चरम सामन्ती, दलाल पुँजीवादी र भ्रष्ट देख्दा रिस र लाजले मुर्छित देखिन्छन् । नेपालका बामपन्थी दलहरु वैचारिक रुपमा स्खलन र सांगठानिक रुपमा क्षतविक्षत भैसकेका छन्, गुट स्वार्थको रुपमा सक्रिय बाहेक । नेपालमा आज वामपन्थी सरकार भएको तीन बर्षको अबधिमा वैदेशिक ऋण दोव्वर भएको छ तर पुंजी निर्माणको गति न्यून छ । देश गरिब तर व्यक्ति धनीभएको कारण धनी र गरिब वीच खाडल बढ्दो छ । आफैले शिक्षा र स्वास्थ्यको निजीकरणलाई फस्टाएका छन् । शिक्षा, स्वास्थ्य र अनुसन्धानमा लगानी नगरी अरबौं रकम भ्युटावरमा खर्च गरी जग्गा दलालीलाई फाइदा पुर्याउने काम गरेको देखिन्छ । अनि भन्छन समाजवाद उन्मुख सरकार छ नेपालमा ।

वामपन्थीहरुको विचार बोकी हिड्ने सर्वहारा डा. गोविन्द केसीको माग पुरा गर्न त परै जावस उसलाई कारवाही गर्न पनि पछी परेनन्, जसको परिणाम आज आम नेपालीले मानवीय स्वास्थ्य संकट भोगिरहेका छन् । यो संकटको भूमरिमा पनि सत्ता खेलमा निर्लज्ज छन्, यी वामपन्थी भन्ने दलहरु । वैदेशिक लगानिको नाजुक अवस्था र राजनैतिक अस्थिरता हेर्दा मुलुकको कुटनीतिक क्षेत्र अहिले असम्मको सवभन्दा कमजोर देखिन्छ । देशभित्र रोजगार नपाएर विदेश जानेको लर्को छ, नेपालमा । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् १९९० मा करिब ४ हजारले श्रम स्वीकृत लिएका थिए भने आज वार्षिक करिब ४ लाख ५० हजारले वैदेशिक रोजगारको श्रम स्वीकृति लिने गर्छन । यस वाहेक भारतमा लाखौ अदक्ष श्रमिकहरु रोजगारका लागि गैरहेका छन् । तसर्थ, नेपालका वामपन्थीहरुको समाजवाद, समृद्धी र विकासको सपना दस्तावेज र चुनावी घोषणा पत्रमा सजाउने वस्तु मात्र भएका छन भनि आलोचना गर्नेको लागि ठाउँ प्रसस्त छ । भारतीय लेखक रजनी कोठारीले भने जस्तै नेपालमा पनि वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो समाजवादी चरित्र गुमाईसकेको थियो । यस्तै अर्थ-राजनैतिक चरित्र बोक्ने हो भने कम्युनिष्ट पार्टी मिल्नु वा फुट्नुको कुनै अर्थ छैन ।

भनिन्छ– योजना विनाको कार्य समयको बर्बादी हो, कार्यान्वयन विनाको योजना दिवा सपना हो तथा कार्यान्वयन सहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ । यी सपनालाई साकार वनाउन नयाँ शिराबाट लोकतान्त्रिक वामपन्थी शक्ति निर्माण हुन्छ वा कोरा सपनाबाट नेपाली जनता मुक्त हुने छन, यो समयले नै बताउला ।

( लेखक,अर्थशास्त्र विषयमा एमफिलकोस्कलर हुन्,)

 

वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:०५ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...