२५ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरीष्ठ नेता नेता माधवकुमार नेपालले अध्यादेशमार्फत बलमिच्याइ नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
उनले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा थप पदपूर्ति गर्न तम्सिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् ।
राष्टिय सभामा एमालेको आधिकारीक उम्मेदवार गृहमन्त्री रामबहादुर थापाका बिरुद्ध डा खिमलाल देवकोटालाई प्रत्यासी गराएको भोलिपल्टै नेपालले ओलीलाई सञ्जालमार्फत अर्को चेतावनी दिएृका हुन् । उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि कुरामा जोड दिएका छन् ।
संजालमार्फत उनले भनेका छन् :
‘कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’