back

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ उड्दै

वि.सं.२०७८ वैशाख २५ शनिवार

417 

shares
GLOBAL IME AD
NTC AD

२५ वैशाख काठमाडौँ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए । “चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले बताए । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:४९ मा प्रकाशित

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु...

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

१. परिचय १.१ भूमिका नेपालमा धेरैथरीका भाँडावर्तन प्रचलनमा छन् ।...

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी...

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित...

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिक प्रा.लि.बिच सम्झौता भएको...