back

धवलागिरी अस्पतालमा शय्या र अक्सिजनको अभाव

वि.सं.२०७८ वैशाख २५ शनिवार

318 

shares
GLOBAL IME AD
NTC AD

२५ वैशाख, बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ ।

अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष आईसियूमा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् ।

कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भने, “शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ ।” उनका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ ।

“अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ”, मेसु पोखरेलले भने, “चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ ।” अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उनका भनाइ छ ।

सङ्क्रमितलाई अक्सिजन दिन सिलिण्डरकोसमेत अभाव देखिएको छ । श्वासप्रस्वासको समस्या लिएर आउने सङ्क्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो । अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ ।

अघिल्लो वर्ष आइसोलेसन कक्षमा ५० शय्या पुर्याउने भनिएपनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । “अस्पताल भवनको सि ब्लक निर्माणमा ढिलाइ हुँदा पनि समस्या भएको छ, आइसोसेलन क्षमता बढाउन अन्यत्र संरचना नै छैन”, मेसु पोखरेलले भन्नुभयो । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीकोसमेत कमी छ ।

दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स दिनरात नभनी उपचारमा खटिएका छन् । गम्भीर लक्षणसहित अस्पताल आउने सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल शैय्या, अक्सिजनलगायतका स्वास्थ्य उपकरण र सेवा थप्नुपर्ने आवश्यकता देखिन्छ । अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष आईसियू र दुई वटा भेन्टिलेटर छन् ।

स्थानीय तहमा भएका कोभिड अस्पतालमा सामान्य अवस्थाका सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । कोरोनाका कारण जिल्लाका १४ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिए।

बिहीबार मात्र धवलागिरि अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्ला दिनमा जिल्लामा कोरोना सङ्क्रमण तीव्र बनेको छ । आजै थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि आजैदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालनामा स्थानीय प्रशासनले कडाइ गरेको छ । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका कामलाई अघि बढाएका छन् ।
रासस

वि.सं.२०७८ वैशाख २५ शनिवार १०:४५ मा प्रकाशित

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ...

मकै खेती विस्तार गर्न किसानलाई अनुदान

मकै खेती विस्तार गर्न किसानलाई अनुदान

पर्वत । जिल्लामा मकै बाली विस्तार गर्न चालु आर्थिक वर्षमा...

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय...

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...