-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपन्देहीमा ३० वर्षीय युवतीसहित थप दुई कोरोना संक्रमितको मृत्यु



२५ बैशाख, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवलका ४८ वर्षीय पुरुष र ३० वर्षीया युवती रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका १ रुपन्देही निवासी ४८ वर्षीय पुरुषको शुक्रबार राति ११ः०७ मा उपचारका क्रममा मृत्यु भएको छ ।

बैशाख २० गते कोरोना संक्रमण भएका उनमा ज्वरो र स्वास प्रस्वासको समस्या रहेको पनि अस्पतालले जनाएको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका ११ रुपन्देही निवासी ३० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

बैशाख २१ ग्ते कोरोना संक्रमण पुष्टि भएपछि २२ गतेदेखि अस्पतालमा उपचार गराउँदै आएकी उनको शुक्रबार बिहान ५ः५२ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा