-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २५१ पुग्यो



२५ बैशाख, पोखरा । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका १ र पोखराका २ जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।

पर्वतको कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुषको पोखराको मेडिप्लस अस्पतालमा उपचारका क्रममा शुक्रबार बेलुका ५ः१८ मा मृत्यु भएको छ । उनमा बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका १३ की ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बेलुका ५ः४० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका १० का ८१ वर्षीय पुरुषको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा शुक्रबार बेलुका ७ः२५ मा मृत्यु भएको छ । उनमा पनि शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक ज्यान गुमाएका तीनसहित प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

May be an image of text

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ