
२५ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारको गैरजिम्मेवार रवैयाले कोरोना महामारी कावु बाहिर जान लागेको बताएका छन् ।
नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट विश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गरेका नेता श्रेष्ठले सरकारले समयमा आवस्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले यस्तो स्थिति आएको बताएका हुन् ।
सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाएर जानुपर्ने बताउँदै श्रेष्ठले यद्यपि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पिडादायी स्थिति आएको समेत टिप्पणी गरेका छन् ।
कोरोनाको महामारी भयावह भयो।नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो।सरकारको समयमै आवश्यक…
Posted by Narayan Kaji Shrestha on Saturday, May 8, 2021
‘यस्तो बेलामा सवैले स्वास्थ्य मापदण्डको पालना गरेर आफुलाई सँक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो । तर राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुले आफुलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ,’ नेता श्रेष्ठले भनेका छन्, ‘त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन । भेरी अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु प्रति सम्मान ब्यक्त गर्दै उहांहरुको बाटो अनुशरण गर्न तयार होऔं । जे जसरी सहयोग गर्न सकिन्छ गरौं ।’