२५ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संबैधानिक परिषद्को बैठकमा भाग नलिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको र संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्का सबै सदस्यहरुसँग आग्रह गरेका छन् ।
‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ,’ अध्यक्ष प्रचण्डद्धारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’
अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गन समेत सरकारसँग आग्रह गरेका छन् ।
वि.सं.२०७८ वैशाख २५ शनिवार १८:१२ मा प्रकाशित