
२५ बैशाख, काठमाण्डौं । देशमा पछिल्लो समय कोरोना संक्रमण तिब्ररुपमा बढ्दै गएपछि संक्रमितको उपचार गर्न नसकिने भन्दै राजधानीका चार अस्पतालले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
काठमाडौंको मेडिकेयर, नेपाल भारत मैत्री अस्पता,दीघार्यु गुरु अस्पताल र हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने बताएका हुन् ।
‘कोरोना उपचारका लागि आवस्यक मेडिकल अक्सिजन ग्यासको नियमित आपुर्ति तथा अक्सिजनको बैकल्पिक व्यवस्थागर्न असहजता भएका कारण कोरोना संक्रमणका विरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएकाले बाध्यताबस २०७८÷०१÷२५ गते शनिबारदेखि अक्सिजनको नियमित आपुर्ति नभएसम्मका लागि सिमित सैश्थ्या मात्र सन्चालनमा ल्याइ सेवा प्रदान गरिने जानकारी गराइन्छ ।’ चार अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।