२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।
आफ्नो डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिन्छ । नतिजा हेर्नको लागि भने अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने हुन्छ ।
डिभी परेका आवेदकहरुलाई आगामी भिसा प्रकृयाको विषयमा वेभसाइटमा नै उल्लेख गरिएको छ । डिभी परेका आवेदकहरुलाई कुनै पनि प्रकारको इमेल नआउने तथा कुनै पनि प्रकारको अग्रिम शुल्क नमागिने दुतावासले जनाएको छ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ०७:५६ मा प्रकाशित






























