२६ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद धनराज गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड १९ अण्डर कन्ट्रोलमा छ’ भनेर दिएको भनाईप्रति कडा टिप्पणी गरेका हुन् ।
आईसियू बेड र अक्सिजनको अभावले कोरोना संक्रमितहरुको मृत्यु भइरहेकै बेला प्रमले ‘कोभिड-१९ अण्डर कन्ट्रोल मा छ’ भनेर दिएको भनाई गैरजिम्मेवार अभिव्यक्ति भन्दै उनले कडा सवाल गरेका छन् ‘के घरघरबाट कोरोना संक्रमितहरुको लास निस्किने अबस्था आउनु पर्यो प्रमज्यू ?
जिम्मेवारी पुरा गर्न नसक्नेले गैरजिम्मेवार अभिव्यक्ति नदिनसमेत उनले अनुरोध गरेका छन् ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ०७:५८ मा प्रकाशित






























