२६ वैशाख, काठमाडौं । पार्टीबाट सामुहिक राजीनामा दिने विषयमा नेकपा (एमाले)का झलनाथ-माधव समुहको स्थायी समुहको बैठक बस्ने भएको छ ।
शनिबार साँझ उक्त समुहका सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।
अदालतको फैसला अनुसार अध्यक्ष ओलीले नेकपा (एमाले)को निर्माण गर्न तयार नभएमा सांसदहरु राजिनामा गर्न तयार भएका हुन् । आजको स्थायी कमिटिको बैठकले सो विषयमा निर्णय गर्नेछ ।
भर्चुअल वा भौतिक रुपमा बैठक बस्न लागेको समुहका एक नेताले जानकारी दिए । २८ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने कार्यक्रम अगावै आफ्ना माग पुरा नभएमा झलनाथ माधव समुहले संसद पदबाट सामुहिक राजीनामा दिने तयारी गरेको छ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ०८:१७ मा प्रकाशित