back
CTIZAN AD

के माधव पक्षले राजीनामा देलान् ?

वि.सं.२०७८ वैशाख २६ आइतवार

630 

shares

२६ वैशाख, काठमाडौँ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनिँदैछ । यो बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले भित्रको विवाद मिलाउन निकै पहल र प्रयास गरेको पनि सार्वजनिक भयो । एमाले भित्रका दोस्रो तहका नेताहरुले पनि विभिन्न विकल्पमा छलफल चलाएको विषयले पनि सो पार्टीभित्र एकताको सम्भावनाको अन्त भैनसकेको विश्लेषण गरियो । यहि बीचमा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले स्थायी समितिको बैठक आयोजना गरि प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको समाचार पनि बाहिरियो ।

यो समाचार बाहिरिएसँगै नेपाल पक्षका सांसदले राजीनामा दिने नदिने विषय प्रतिक्षाको घडिमै छ । शनिबार रातभरी अन्यथा नभए सो समूहले राजीनामा दिने कुरो पक्का जस्तै देखिएको थियो । नेपाली उखान रात रहे अग्राख पलाउँछ भने जस्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समय सम्म आफूले सबैलाई उपयोग गर्ने कुरा निकटस्थहरुसँग भन्दै आएका छन् । तथापि शनिबार बेलुका सम्म एमालेहरु बीचको एकता चाहेको ठूलो समूह आइतबार बिहान आइपुग्दा निरासामा देखिएको छ ।

एकातिर प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना क्षिण हुँदै जानु र अर्कोतर्फ विपक्षी गठबन्धनको अंकगणित ग्राफमा बढ्नुले प्रधानमन्त्रीका समर्थकहरुलाई हतोत्साहि बनाउन थालेको छ ।

यति हुँदाहुँदै पनि राजनीतिमा जस्तोसुकै तिकड्म पनि अपनाउन पछि नपर्ने प्रधानमन्त्री ओलीको अभ्यास यसबीचमा नदोहोरिएलान् भन्न सकिन्न । उनले माधव समूहका विभिन्न नेताहरुलाई विभिन्न प्रलोभन दिने, राष्ट्रपतिलाई प्रयोग गरेर आफू अनुकूल वातावरण बनाउन प्रयास गर्ने र राज्यसत्ताको अधिकतम प्रयोग गरेर आफ्नो व्यक्तिवादी महत्वकांक्षा नथप्लान् पनि भन्न सकिन्न् ।

एमाले नेता घनश्याम भूसालले महशुस गरेजस्तो विगत १ वर्ष देखि प्रधानमन्त्री ओलीलाई वास्तवमा प्रतिनिधिसभा चाहिएको थिएन । प्रतिनिधिसभा चाहिएका माधव समूहले राजीनामा दिनु पर्ने स्थिति ल्याउन सक्ने ओलीले अबका बाँकी केही घण्टाहरुमा थप उपद्रो नगर्लान् भन्न त झनै सकिन्न ।

यदि माधव पक्षले सांसद पदबाट राजीनामा दिए प्रधानमन्त्री ओली स्वतः अल्पमतमा पर्ने नै छन् । माधव पक्षको सहमतिमा राष्ट्रिय सभामा सो समूहकै नेता खिमलाल देवकोटालाई उम्मेदवार बनाउनु र सबै विपक्षीको समर्थन जुटाउनुले माधव पक्ष पछाडी हट्न सक्ने स्थिति देखिँदैन । तथापी एमाले नाम गरेको पार्टी र सुर्य चिन्हमा भोट हाल्ने लत भएकाहरुको सुझाव र दबाबका आधारमा पुन एकताको प्रयास अन्तिमसम्म भैरहने देखिन्छ ।

माधव समूहका अनुसार लामो प्रयास र संवादपछि पनि पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली सहमतिका लागि सकरात्मक नदेखिएपछि अन्ततः आफूहरुले राजीनामा दिने निष्कर्षमा पुगेको बताउँदै आएको छ । यतिबेला बालुवाटारबाट केपी ओलीले माधव समूहको घोषणालाई सामान्य धम्किको रुपमा लिन सक्ने स्थिति छैन नत माधव समूह ओलीको मिठा कुरामा चुकेर अर्को फन्को हानि हाल्ने स्थितिमा पनि देखिँदैन् ।

जसरी पूर्व एमालेहरुको बीचमा एकता चाहने पंक्ति देखिएको छ, त्यसैगरी बृहद् बाम एकताको कुरा पनि जबरनै उठेको छ । बृहद् बाम एकताको वातावरणका लागि प्रधानमन्त्री ओलीले प्रतिगमनकारी मानसिकता र व्यक्तिवादी अराजकताप्रति निशर्त आत्मालोचना गर्दै सर्वप्रथम पूर्व एमालेको अर्को कुनै व्यक्तित्वलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु, पूर्व एमालेलाई २०७५ जेठ ३ गते अगाडीको स्थितिमा लैजानु, माओवादी केन्द्रसँगको एकतासँगै बृहद् नेकपाका लागि सैद्धान्तिक, बैचारिक र राजनैतिक आधारहरु निर्माण गर्नु कम्युनिष्ट आन्दोलनका लागि सुखद् अवसर हुन सक्छ । केपी ओलीले जे गर्दा पनि जिन्दाबाद भन्ने मानसिकता त्यागेर नयाँ आधारमा नयाँ एकताको खोजी गर्ने हो भने थप सम्भावनाहरु ज्यूँका त्युँ नै छन् ।

अहिले देश ओलीको आत्मालोचना र माधव समूहको रणनीतिको प्रतिक्षामा छ । तर ओली हठ परिमार्जन हुने लक्षण देखिएको छैन । त्यसैले पनि माधव समूहलाई आफ्नो समूहको वैचारिक अस्तित्वको प्रश्न छ । ओलीको प्रतिगमनका विरुद्धमा दह्रोसँग जुधेको यो समूहले अन्ततः प्रतिनिधिसभा भन्दा राजनीतिक निकासलाई नै रोज्ने अनुमान गरिएको छ ।

 

वि.सं.२०७८ वैशाख २६ आइतवार ०९:१८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...